२०८३, २९ बैशाख मंगलबार | Wed May 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कञ्चनपुरका दुई पालिकामा आज सार्वजनिक बिदा



कैलाली। राना थारु समुदायको तीज पर्वका अवसरमा कञ्चनपुरका दुई पालिकामा सार्वजनिक बिदा दिइएको छ ।

राना थारु समुदायको तीज विसर्जन हुने दिन साउन १५ आज बेलौरी नगरपालिका र शुक्लाफाँटा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

बेलौरी नगरपालिकाको नवौँ नगर सभाको निर्णयअनुसार राना थारु समुदायका तीज पर्वका लागि नगरपालिका मातहतका कार्यालयमा बिदा दिने निर्णय गरेको नगरप्रमुख पोतिलाल चौधरीले बताए ।

शुक्लाफाँटा नगरपालिका मातहतका कार्यालयमा कार्यरत राना थारु समुदायका कर्मचारीलाई बिदा दिने निर्णय गरेको छ । कैलाली कञ्चनपुरमा ठुलो संख्यामा राना थारु समुदायका नागरिकहरूको बसोबास रहेको छ ।

प्रकाशित मिति : २०७९, १५ श्रावण आइतबार ००:००  १० : ३७ बजे