२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धुलीखेलमा ‘मेयर गरिवी निवारण कार्यक्रम’ र ‘उप–मेयरमहिला उत्थान कार्यक्रम’ प्राथमिकतामा



धुलीखेल। धुलीखेल नगरपालिकाले ‘मेयर गरिवी निवारण कार्यक्रम’ लाई निरन्तरता दिँदै ‘उप–मेयरमहिला उत्थान कार्यक्रम’ समेत सञ्चालन गर्ने भएको छ । समावेशी विकासका माध्यमद्धारा  आर्थिक तथा सामाजिक रुपमा पछाडि परेका जनजाति, दलित, महिला युवा र अपाङ्ग लगायतका समूदायको विकासका लागि समुदायस्तर सम्म विस्तार भएका क्षमता विकास तथा प्रवर्धनात्मक कार्यक्रम व्यवस्था गरीगरिवी निवारणका कार्य स्थायी रुपमा व्यवस्थापन गर्ने उद्देश्यले सुरु गरिएको “मेयर गरिवी निवारण कार्यक्रम” लाई निरन्तरता दिने नगरपालिकाले नीति लिएको हो । आगामी वर्ष उक्त कार्यक्रम संचालनका लागि रु १ करोड बजेट विनियोजन गरिएको छ ।

‘मेयर गरिवी निवारण कार्यक्रम’ अन्तरगत नगरपालिकामा रहेको युवा, महिला, दलित, अपाङ्ग र आदिवासी जनजाति परिषद्हरुबाट नीति निर्धारण, सुझावको आधारमा कार्यक्रमको प्राथमिकता निर्धारण गरि कार्यक्रम संचालन गरिने नगरप्रमुख अशोक कुमार ब्याञ्जुले बताए । उनका अनुसार माहामारीका कारण रोजगारी गुमाएका श्रमिक, किसान, असाहाय व्यक्ति, गरीब तथा विपन्न वर्गका परिवारलाई लक्षित गरी स्वास्थ्य, शिक्षा, सीप विकास तालिम र रोजगारी एवम आय आर्जन सम्बन्धी विशेष कार्यक्रम समेत सञ्चालन गरीने छ ।

आगामि वर्ष करिव ५ सय जना युवा, महिला, दलित, आदिवासी जनजाति, अपाङ्गवर्गहरुलाई विभिन्न खालका तालिमहरुका साथै तालिमको अलावा आवश्यक प्रविधि हस्तान्तरणगर्ने तथा सहुलियतपूर्ण पूजीँ उपलव्ध गराउँन वित्तीय संस्थाहरुसंग समन्वय गर्ने धुलीखेल नगरपालिकाको लक्ष्य छ ।

त्यस्तै सम्वृद्धि र विकास निर्माणको आधार, सम्पूर्ण क्षेत्रमा महिलालाई समान ब्यवहारको नारालाई आत्म साथ गर्दै धुलीखेल नगर क्षेत्र भित्र महिला सशक्तिकरण र उद्यमशिलता विकासका लागि “उप–मेयरमहिला उत्थान कार्यक्रम” संचालन गरिने भएको छ । नगरका श्रृजनशील, उद्यमी तथा सामाजिक क्षेत्रमा कार्य गरिहेका महिलाहरुको सकृयता बढाउने उद्देश्यले सञ्चालन हुने यो कार्यक्रमका लागि ३० लाख बजेटको ब्यवस्था गरिएको नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।

धुलीखेल नगरपालिकाले नवजात शिशु तथा सुत्केरी महिलाको पोषणमा उत्प्रेरित गर्न उपमेयर सुत्केरी प्रोत्साहन कार्यक्रम ल्याएको छ । यसका लागि रु १० लाख बजेट विनियोजन गरेको छ ।  

प्रकाशित मिति : २०७७, १९ असार शुक्रबार ००:००  १० : ४५ बजे