२०८३, १९ बैशाख शनिबार | Sun May 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चन्द्रागिरि नगरपालिकाले ‘घरदैलो नर्स सेवा’ सञ्चालन गर्दै



काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले नगरवासीको स्वास्थ्यलाई ख्याल गर्दै आफ्ना सबै वडामा ‘घरदैलो नर्स सेवा’ सञ्चालन गर्ने तयारी गरेको छ । यसबाट विशेष गरी ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती, फरक क्षमताका अपाङ्गता भएका तथा विपन्नलाई सहज रूपमा स्वास्थ्य सेवा पाउन सहयोग पुग्ने जनाइएको छ ।

नगरप्रमुख घनश्याम गिरीले भने, ‘यसै वर्षदेखि नगरका १५ वटै वडामा ‘घरदैलो नर्स सेवा’ थालनी हुनेछ । ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरी मधुमेह र उच्च रक्तचापको निःशुल्क औषधि उपलब्ध गराउने छौं । सबै वडाका स्वास्थ्य संस्थाले ज्येष्ठ नागरिकलाई घरमै सेवा पुर्याउने छन् ।’

स्वास्थ्य सेवा दिवसका उपलक्ष्यमा नगरपालिका, स्वास्थ्य शाखाद्वारा आयोजित कार्यक्रममा उनले यसै वर्षदेखि चन्द्रागिरि(४ थानकोट प्राथमिक अस्पतालमा ‘डायलायसिस सेवा’ सुरुआत गरिन लागेको जानकारी दिए । पन्ध्र शय्याको सो अस्पतालले प्रयोगशाला, आकस्मिक सेवा र बर्थिङ सेन्टरसहित सेवा दिइरहेको छ ।

प्रकाशित मिति : २०७९, १५ श्रावण आइतबार ००:००  १२ : १४ बजे