२०८१, ३० कार्तिक शुक्रबार | Fri Nov 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वालिङको शान : बाउनथान



स्याङ्जा ।  कोरोना संक्रमणका कारण थलिएको पर्यटन क्षेत्र  पछिल्लो समय जुरमुराउन लागेको छ ।  कोरोना संक्रमणले भिजिट नेपाल २०२० त बीचमै तुहियो तर अवस्था सामान्य रहे यसले गति लिने संभावनाहरू भने जीवितै छन् ।

नेपाल पर्यटकीय स्थलको खानी नै हो भन्दा पनि हुन्छ । पूर्वदेखि पश्चिम र उत्तरदेखि दक्षिण यस्तो कुनै जिल्ला छैन जहाँ घुम्ने  ठाउँ नहोस । यस्तै  स्याङ्जाको वालिङ बजारबाट नजिकै रहेको सुन्दर, शान्त, मनोरम र दृश्यावलोकनका लागि महत्वपूर्ण मानिएको ‘बाहुनथान’  आन्तरिक पर्यटनको स्थानीय केन्द्र बनेको छ ।

बाइसे चौबीसे राज्यको महाँकोटे राज्यका बाघखोरकी रानी लानकुमारी खाँणले करिब १ सय वर्षअघि उक्त जग्गा गौचरनका रूपमा छाडेकी थिइन् । उक्त ठाउँमा खाँणदेवीको मन्दिर स्थापना गरिएको र त्यहाँ पूजा गर्ने पुजारी गैह्रे जातिको बाहुन भएका हुनाले त्यस ठाउँलाई ‘बाहुनथान’ भन्ने गरिएको  स्थानीयहरू बताउँछन् ।

 वालिङ बजारदेखी  उक्त ठाउँमा पुग्न पैदलमार्गबाट एक घण्टा र सवारीसाधनमा १५ मिनेट  लाग्दछ । वालिङ नगरपालिकाका बजार, आंधीखोला र खोला किनारका समथरसहित स्याङ्जा र अन्य जिल्लाका विभिन्न ठाउँको दृश्यावलोकन गर्न सकिने भएकाले यहाँ दैनिक  आन्तरिक पर्यटक पुग्ने गरेका छन् । यहाँ रहेको ठुलो चौरमा ठाउँ ठाउँमा बस्नको लागि बेन्च समेत राखिएको छ । त्यहाँबाट  सुन्दर गुलावी वालिङ सहर हेर्न सकिन्छ ।

बाउनथानसम्म पुग्नका लागि सडक कालोपत्र गर्ने, खानेपानीको व्यवस्थापन र अन्य पूर्वाधार निर्माण गरिएको छ । पहिले यहाँ फलेका साग, तरकारी र फलफूल किन्ने मान्छे नहुंदा बारीमै कुहिने गरेका थिए । अहिले बाहुनथानमा आन्तरिक पर्यटक आउन थालेपछि स्थानीय उत्पादनको खरिद विक्रीले  राम्रै आम्दानी हुने गरेको स्थानीयहरूकाे भनाइ छ ।

टिकटक, फेसबुक जस्ता समाजिक संजालमा बाहुनथानको सुन्दरताको  प्रचारले गर्दा उक्त क्षेत्रमा रमाउन टाढाटाढाबाट मानिसहरु आउन थालेका छन् । अन्य दिनको तुलनामा शुक्रबार र शनिबार ठूलो संख्यामा आन्तरिक पर्यटक आउने गरेका छन् ।  आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेपछि  व्यापार व्यवसाय पनि फस्टाउँदै गएको स्थानीयहरूकाे भनाइ छ ।

स्मार्ट सिटीको अवधारणासहित अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाभित्रका विशेषगरी बजारका घरमा एउटै गुलावी कलर लगाउने अभियान अगाडि बढाएसंगै यो क्षेत्र नै मनमोहक देखिएको छ ।

प्रकाशित मिति : २०७९, १५ श्रावण आइतबार ००:००  १२ : ३२ बजे