रामकरन हरिजन, नवलपरासी । महेशपुर भन्सार कार्यालयको गोदाममा चिनी सड्न थालेको छ । खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय बेलहियाले चिनी प्याक गर्ने बोराको मापदण्ड नपुगेको भन्दा चिनी गोदाममै थन्किएपछि यस्तो समस्या देखिएको हो ।
महेशपुर भन्सार कार्यालयका अनुसार फरक–फरक समयमा बरामद गरेको चिनी लिलाम गर्नुपर्ने भएपनि गुणस्तर प्रमाणीकरण कार्यालयले चिनीको गुणस्तर राम्रो भएपनि बोराको मापदण्ड लेवल नपुगेको भन्दै फर्काउने गरेको छ ।
महेशपुर भन्सार कार्यालयका प्रमुख रामप्रसाद अर्यालका अनुसार ४३ लाख ५५ हजार ६ सय रुपैयाँ बराबरको ६९ क्विन्टल ४ सय ५० किलो चिनी जिल्लाको कावासोती, गैडाकोट, बर्दघाट, दुम्किबास र पश्चिम नवलपरासीका विभिन्न सिमाक्षेत्र लगायतका स्थानहरुबाट बरामद गरिएको थियो । सरकारको खाद्य नियमावली अनुसार चिनीको कोराको लेबल नपुगेपछि चिनी लिलाम गर्न समस्या भएको खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय बेलहियाका प्रमुख दिपक कुँवरले जानकारी दिए ।
You sent
Enter
You sent