काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ व्यस्तताका बीच आफ्नो लागि २६ घन्टा समय निकालेर ओशो तपोवनमा बिताए । यो समयमा मोबाइलसमेत नछोइकन उनले एउटा अनुशासित विद्यार्थीका रूपमा आफ्नो कोर्स पूरा गरेका थिए ।
शुक्रबार कार्यालय समयपछि ३ बजे प्राधिकरणका १५ जना कर्मचारीसमेत लिएर तपोवनमा पुगेका कुलमान शनिबार बेलुकी साढे ६ बजेतिर फर्किएका हुन् । उनीजस्तै बेफुसर्दी भीभीआईपीका लागि डिजाइन गरिएको ‘तपोवन फर नेशन’ नामक कोर्समा कुलमानले भाग लिएका थिए ।
(तस्वीरहरू)