काठमाडौं । भारतमा जारी साफ यू–२० च्याम्पियनसिप फुटबलमा नेपालले तेस्रो खेलमा आइतवार घरेलु टोलीसँग खेल्दैछ ।
भुवनेश्वरमा भइरहेको खेल कालिंगा स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ७ बजे शुरू हुनेछ । नेपाल आजको खेल जित्दै फाइनल पुग्ने लक्ष्यका साथ मैदान उत्रिदै छ ।
यसअघिको दुई वटा खेल जितेको टोली उच्च आत्मविश्वासका साथ मैदान उत्रने प्रशिक्षक मेघराज केसीले बताए । नेपालले यसअघि माल्दिभ्सलाई ४–० र श्रीलंकालाई ३–० ले पराजित गरेको थियो । भारतले भने यसअघि मिश्रित नतिजा निकालेको छ । पहिलो खेलमा बंगलादेशसँग २–१ ले पराजित भएको भारतले दोस्रो खेलमा श्रीलंकालाई ४–० ले पराजित गरेको थियो । फाइनल पुग्नका लागि दुवै टोलीलाई यो खेल महत्वपूर्ण छ ।
भारतलाई हराएमा नेपाल लगभग फाइनल पुग्नेछ । भारतलाई पनि फाइनल पुग्ने सम्भावना कायम राख्न नेपालविरुद्ध खेल जित्नै पर्नेछ दबाब छ ।