काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफूहरू तत्काल नदेखिने तर दिगो प्रभाव पर्ने काममा जुटिरहेको बतएका छन् ।
काठमाडौंको फोहोरका सन्दर्भमा पनि दिगो समाधानका लागि धैर्यता लिइरहेको उनको भनाइ छ ।
पोखरामा आयोजित महानगरका मेयर तथा उपमेयरको सम्मेलनमा बोल्दै साहले यस्तो धारणा राखेका हुन् । उनले अन्य महानगरले काठमाडौं महानगरबाट सिक्नुपर्ने कुरा भन्दा नसिक्नुपर्ने कुरा धेरै रहेको बताए । काठमाडौंले गरेका गल्ती नदोहोर्याउन अन्य महानगरलाई उनले आग्रह गरे ।