सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकाले पालिकाभित्र मृत्यु भएकाको परिवारलाई दाहसंस्कार गर्न मृतकको पाँच हजार रूपैँया उपलब्ध गराउने निर्णय गरेको छ ।
‘गाउँमा दाहसंस्कार समेत गर्न नसक्ने विपन्न मानिसहरू हुन्छन्, पैसाको अभावले मृत्यु संस्कारसमेत गर्न नसक्ने परिवारको लागि सहयोग गर्ने निर्णय गरिएको हो ।’ गाउँपालिकाको अध्यक्ष खिलराज बस्नेतले अनलाइन सरोकारलाई बताए ।
आयआर्जनको निश्चित स्रोत भएका र दासंस्कार गर्न सक्षम भएका परिवारले भने यो सुविधा लिन पाउने छैनन् । दाहसंस्कारको रकम लिन आफू विपन्न भएको निवेदन दिनुपर्ने र विपन्न ठहरिएमा सेवाबापत्को ५ हजार रुपैँया सहयोग पालिकाबाट पाउनेछन् ।