काठमाडौँ । नेपाल विद्यार्थी संघले सत्ताको बलमा त्रिवि सेवा आयोगमा लगाएको ताला खोल्न माग गर्दै अनेरास्ववियु त्रि.वि जिल्ला कमिटीले प्रदर्शन गरेको छ । अध्यक्ष भट्टले भने “नेविसंघले एक वर्षदेखि विभिन्न बहानामा त्रिविको विभिन्न निकायमा तालाबन्दी गर्ने र प्राज्ञिक कामहरूमा अवरोध सिर्जना गर्दै आइरहेको र सत्ताको बलमा आफ्नो निहित स्वार्थ पूर्तिका लागि ताला बन्दी र प्रदर्शन गरिरहेको छ ।”
अनेरास्ववियुका त्रिवि अध्यक्ष शम्भु भट्टले आइतबारदेखि सुरु हुने भनिएको प्राध्यापक र उपप्राध्यापकको अन्तर्वार्ता सञ्चालन गर्न माग गर्दै प्रदर्शन गरिएको जानकारी दिए । उनले त्रिवि सेवा आयोगको ताला तत्काल खोल्न र निर्धारित प्राध्यापकको अन्तर्वार्ता सुरु गर्न माग गर्दै प्रदर्शन भएको बताए ।
नेविसङ्घले पछिल्लो पटक सेवा आयोगले तोकेको प्राध्यापक र उपप्राध्यापकको अन्तर्वार्तामा अवरोध गर्ने उद्देश्यले तालाबन्दी गरेको हो ।