२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना पुष्टि भएपछि बझाङमा एक युवकले गरे आत्महत्या



काठमाडौं । कोरोना पुष्टि भएपछि सुदूरपश्चिममा एक युवकले आत्महत्या गरेका छन् । बझाङको खप्तड छान्ना गाउँपालिका वडा नम्बर ७ मा रहेको लामागाडा प्राविको क्वारेन्टानमा बस्दै आएका एक युवकले शुक्रवार आत्महत्या गरेका हुन् ।

खप्तड छान्ना गाउँपालिका ७ गडराय घर भएका १८ वर्षीयका युवकले आत्महत्या गरेका हुन् । जेठ १९ गते भारतबाट आएका उनी क्वारेन्टाइनमा बस्दै आएका थिए ।

त्यहाँ रहेका २५ जनामध्ये कोरोना जाँच गर्दा ५ जनाको आरडीटी रिपोर्ट पोजेटिभ आएपछि पीसीआर परीक्षण गर्दा रावतको मात्र पोजेटिभ देखिएको थियो ।

गाउँपालिकाका प्रवक्ता रामबहादुर सिंहका अनुसार कोरोना पुष्टि भएर एक्लै बस्दा उनी मानसिक रुपमा निकै तनावमा देखिने गरेका थिए । उनले सोही कारण आत्महत्या गरेको हुनसक्ने सिंहले बताए

प्रकाशित मिति : २०७७, १९ असार शुक्रबार ००:००  २ : २३ बजे