२०८२, १७ जेठ शुक्रबार | Sat May 31 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हिरासतकी महिलालाई  बलात्कार आरोपित असई निलम्बित



बाँके। बाँकेको कोहलपुर इलाका प्रहरी कार्यालयमा थुनुवा महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका असई प्रविण चौलागाई निलम्बनमा परेका छन् ।बाँके प्रहरीका प्रवक्ता मधुसुधन न्यौपानेले बलात्कार आरोपमा मुद्दा दर्ता भएका असई चौलागाईलाई निलम्बन गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको जानकारी दिए ।

‘निलम्बन गरेर अनुसन्धान सुरू गरिएको छ, ७ दिनको म्याद थपिएको छ’, उनले भने । ११ साउनमा बहुविवाहको आरोपमा थुनामा रहेकी एक महिलालाई असई चौलागाईंले कोठामा लगेर करणी गरेको आरोपमा जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरिएको छ ।

असई चौलागाईंले आफ्नो कोठामा लगेर यौन दुर्व्यवहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेपछि उनलाई निलम्बन गरेर थप अनुसन्धान अगाडि बढाइएको हो ।कोहलपुर प्रहरी कार्यालयको मुद्दा फाँटमा कार्यरत असई चौलागाईंले बहुविवाह मुद्दामा हिरासतमा रहेकी ती महिलालाई राति आफ्नो कोठामा बोलाएर बलात्कार प्रयास गरेको आरोप छ । थुनामा रहेकी महिलालाई आवश्यक शोधपुछका लागि भन्दै शुक्रबार मध्यराति दुई बजे हिरासतको माथिल्लो तलामा पुर्‍याएर सामान्य सोधपुछ गर्नुका साथै हातपात पनि गरेको आरोप लागेको छ । बर्दिया घर भएका चौलागाईँ ८ महिनादेखि इप्रका कोहलपुरको मुद्दा शाखामा कार्यरत छन् ।

प्रकाशित मिति : २०७९, १६ श्रावण सोमबार ००:००  ११ : ३१ बजे