२०८१, २० कार्तिक मंगलबार | Tue Nov 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ललितपुर महानगर र महालक्ष्मी नगरमा डेङ्गु सङ्क्रमित भेटिए



काठमाडौं।  ललितपुर जिल्लाका दुई पालिका ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपालिकामा डेङ्गु रोगको सङ्क्रमित फेला परेका छन्। ललितपुर महानगरका वडा नं ५ र १४ तथा महालक्ष्मी नगरपालिकाका केही वडामा सङ्क्रमित भेटिएका जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको  छ ।

स्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लाका ३१ व्यक्तिमा डेङ्गुको सङ्क्रमण भएको पाइएको छ ।

सङ्क्रमित स्थानमा सरसफाइका लागि कार्यालयका साथै जिल्ला प्रशासन तथा महानगपालिकाका स्वास्थ्य एवं सरसफाइकर्मी लागिपरेका छन्।

प्रकाशित मिति : २०७९, १६ श्रावण सोमबार ००:००  २ : ४४ बजे