२०८२, १३ बैशाख शनिबार | Sat Apr 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माफी माग्दै माग्ने बुढाले हटाए विवादित दृष्य



काठमाडौँ । केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ले महादेवको बारेमा गरिएको टिप्पणीप्रति माफी मागेका छन् । उनको निर्देशनमा तयार पारिएको टेलिभिजन कार्यक्रम ‘कमेडी हब’मा महादेवको अवतारमा गरिएको प्रस्तुतिप्रति दर्शकले असहमति जनाएपछि उनले माफी मागेका हुन् । सोमवार फेसबुकमार्फत उनले निर्माण टिमको तर्फबाट अन्जानमा गल्ती भएको स्वीकार गरेका छन् । ‘कमेडी हब कार्यक्रमको एक प्रस्तुतिमा आराध्यदेव महादेवलाई लिएर बनाइएको विषय वस्तुप्रति दर्शक तथा शुभचिन्तकज्युहरुले देखाउनु भएको प्रतिक्रियाप्रति हाम्रो ध्यानाकर्षण भएको छ,’

उनले फेसबुकमा लेखेका छन्, अन्जानमै हामीबाट भएको त्रुटिप्रति सम्पूर्ण दर्शकज्युहरूसमक्ष क्षमा माग्दछौँ ।’ उनले उक्त सामग्री सबै डिजिटल प्लेटफर्मकहरूबाट हटाइसकिएको पनि जानकारी दिएका छन् । उनले लेखेका छन् ‘हामीले सम्पूर्ण दर्शक, शुभचिन्तकहरुको सल्लाह र परामर्शबमोजिम यो विषय वस्तुलाई युट्युब/टिकटक/फेसबुक सबै तिरबाट हटाइसकेका छौँ । बम बम भोले । जय भोले ।’

कमेडी हब एपी वान टेलिभिजन र मिडिया हबको युट्युब च्यानलमार्फत प्रशारण भइरहेको छ । उक्त कार्यक्रमको पछिल्लो शृंखलामा महादेवको अवतारमा प्रस्तुत भएका कलाकारको प्रस्तुति अशोभनीय भएको भन्दै दर्शकले विरोध जनाएका थिए ।

प्रकाशित मिति : २०७९, १६ श्रावण सोमबार ००:००  ३ : ०३ बजे