२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओलखढुंगामा पनि देखियो सलह किरा



काठमाडौं । ओखलढंगाको विभिन्न क्षेत्रमा सलह किरा देखा परेको छ । केही दिन अघि नेपाल भित्रिएको सलह किरा जिल्लाको चम्पादेवी गाउँपालिका र खिजिदेम्बा गाउँपालिकाका विभिन्न वडाहरुमा ठूलो झुण्डमा देखिन थालेको कृषी ज्ञान केन्द्र ओलखढुंगाले जनाएको छ । बालीनाली सखाप पार्ने सलह किरा यसअघि छिटपुट रुपमा देखा परेको थियो ।

गत असार १७ गतेदेखि सलह किरा देखियो भनेर किसानहरूले खबर गरेपछि कीराको विवरण संकलन गर्न थलिएको कृषी ज्ञान केन्द्र ओखलढुंगाका बाली संरक्षण अधिकृत हेम आले मगरले बताए । फट्याङ्ग्रा जातको सलह भए/ नभएको परीक्षण गर्न बाली संरक्षण प्रयोगशाला विराटनगरमा पठाइएको थियो । परीक्षणको क्रममा उक्त फट्याङ्ग्रा जातको कीरा सलह नै भएको पुष्टि भएपछि विवरण संकलन गर्न सुरु गरिएको आलेमगरले जानकारी दिए ।

सिद्धिचरण नगरपालिकाको रुम्जाटार तथा बिगुटार क्षेत्रबाट समेत कृषकहरुले सानो झुण्डमा सलह देखिन थालेको जानकारी दिएका छन् । जिल्लाको विभिन्न स्थानमा किरा देखिएपछि कृषी ज्ञान केन्द्रले नियन्त्रणका लागि कृषकहरुलाई सचेत रहन आग्रह गरेको छ ।

सलह किरा देखिएपछि जिल्लाका किसानहरू चिन्तित बनेका छन् ।

प्रकाशित मिति : २०७७, १९ असार शुक्रबार ००:००  ३ : ०३ बजे