काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नीतिगत भ्रष्टाचारका लागि राष्ट्रिय सहमति कायम भएको आरोप लगाएका छन् ।
अर्थमन्त्री जनार्दन शर्मामाथिको छानबिनमा संसदीय समितिका पक्ष विपक्ष भए पनि प्रतिपक्षले प्रभावकारी ढंगले प्रतिरोध नगरेको भन्दै भ्रष्टाचारमा सबै पक्षको सहमति जुटेको केसीको आरोप छ ।
केसीले सामाजिक सञ्जालमार्फत सत्तासीनले जे गरे पनि हुन्छ भन्ने अहंकारी शैलीले लोकतन्त्र लज्जित भएको आरोप लगाएका हुन् ।
केसीले लेखेका छन् –
बजेट निर्माण बारे संसदीय छानबिन समितिमा अल्पमत र बहुमत भयो, तर संसदमा ठोस विरोध भएन रु ८सबै पक्षमा सहमति पूर्ण सौदाबाजी देखियो । ८ नीतिगत भ्रष्टाचार राष्ट्रिय सहमतिकै अङ्ग बन्यो,लोक लज्जा र जनमतको उपहास भयो । ८ सत्तासीनले जे गरे पनि हुन्छ भन्ने अहंकारी शैलीले लोकतन्त्र लज्जित बनायो ।