२०८१, ५ जेठ शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेलायत उड्ने सपना अधुरै



काठमाडौं । राजधानीको तारकेश्वर नगरपालिका–२ पदमसालमा एकै परिवारका चार जनाको वीभत्सपूर्ण हत्या भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ४१ वर्षीय दिनेश पाण्डेले ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीय आशिका पाण्डे र ८ वर्षीय आशिक पाण्डेको हत्यापछि आफूलेसमेत घाँटीमा पासो लगाएर आत्महत्या गरेका छन् । दिनेश र सुनिता दम्पती तथा अशिका–आशिक उनीहरूका छोराछोरी हुन् ।

तारेकश्वर हत्या घटनामा प्रहरीले अनुसन्धान विभिन्न पाटोबाट अघि बढाएको छ । मृतकका विगतका क्रियाकलाप, घरायसी झगडा र प्रहरीमा परेका उजुरीलाई आधार बनाएर घटना अनुसन्धान भइरहेको छ ।

प्रहरीको विगतको रेकर्डअनुसार मृतक दिनेश र सुनिताबीच पटकपटक झगडा हुँदै आएको थियो । उनीहरू झगडाका गुनासो लिएर तीनपटकसम्म बालाजु वृत्तमा पुगेको पाइएको छ । यसबीच दिनेशले तारकेश्वरको घर बेच्ने बताएपछि उनीहरूबीच झनै विवाद बढेको स्थानीयले प्रहरीलाई जानकारी दिएका छन् ।

विवाद क्रममै सुनिताको माइती पक्षले उनलाई बेलायत पठाउने तयारी गरेका थिए भने भिसासमेत आइसकेको थियो । तर, यो घटनासँगै सुनितालाई बेलायत पठाउने उनको माइती पक्षको चाहना र स्वयं सुनिताको सपना अधुरै रहन पुग्यो ।

प्रकाशित मिति : २०७९, १७ श्रावण मंगलबार ००:००  १० : २८ बजे