२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना संक्रमणबाट गोरखामा थप एक जनाको मृत्यु



काठमाडौं । गोरखामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पालुङटार नगरपालिका ७ पुर्नेपिपलबाट शुक्रबार गोरखा अस्पतालको आइसोलेशनमा भर्ना भएका संक्रमितको शनिबार बिहान साँढे पाँच बजे मृत्यु भएको गोरखा अस्पतालले जनाएको छ ।

योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ३३ पुगेको छ । कतारबाट गत मंगलबार पालुङ्टार आइपुगेका ४४ वर्षका उनी मधुमेह रोगका दीर्घरोगी रहेको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कोरोनाको जटिल लक्षण देखिएपछि उनलाई जीवनज्योति माविको क्वारेण्टाइनबाट गोरखा अस्पतालको आइसोलेशनमा भर्ना गरिएको थियो ।

प्रकाशित मिति : २०७७, २० असार शनिबार ००:००  ३ : १७ बजे