२०८१, १५ बैशाख शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अव्यवस्थित तारले बढायो जोखिम 

पुरा हुन सकेन जमिनमुनि तार राख्ने योजनामा......



सुस्मन बिश्वोकर्मा, काठमाडौं । राजधानीको मुख्य समस्या फोहोर मात्र होइन । यहाँका सडक र मुख्य बजारमा रहेका पोलहरुमा अव्यवस्थितरूपमा झुन्डिएका तारहरू पनि हुन् ।

काठमाडौंका मुख्य बजार र सडकमा प्राधिकरण र टेलिकमका पोल छन् र तिनै पोलमा असरल्ल तार झुन्डिएका छन् । यस्ता तारहरूले आम सर्वसाधारणलाई अप्ठ्यारो त भएको त छ नै साथै यसले जुनसुकै समयमा ठूलो दुर्घटना निम्त्याउन सक्छ। यति हुदाहुदै पनि अव्यवस्थित झुन्डिएका तार व्यवस्थापन गर्न काठमाडौँ महानगरपालिका, विद्युत् प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले चासो देखाउन सकेका छैनन् ।

तस्बिर : सरोज नगरकोटी/अनलाइन सरोकार

विद्युत् प्राधिकरणले सडक विभाग र नेपाल दूरसञ्चार प्राधिकरणको सहकार्यमा विद्युत् प्रणाली सुदृढीकरण एवम् अव्यवस्थित तारहरुलाई दीर्घकालीनरूपमा उचित व्यवस्थापन गर्नका लागि युटिलिटी डक ब्याङ्क अर्थात् जमिनमुनि पाइपभित्र तार राखिने योजना ल्याएतापनि उक्त परियोजना उचित रुपमा सञ्चालन हुन सकेको छैन ।

महानगरले सडकमा भएका अव्यवस्थित तारहरुको उचित व्यवस्थापन गर्न नसक्दा आम सर्वसाधारणलाई जोखिमपूर्ण अवस्था सिर्जना भएको स्थानीयहरुको गुनासो रहेको छ । अव्यवस्थित तारहरुले जुनसुकै बेला आगलागी लगायत अन्य दुर्घटना निम्त्याउन सक्ने स्थानीयको गुनासोरहेको छ। काठमाडौँमा अव्यवस्थित तारहरुका कारण हरेक काम जोखिमपूर्ण भएको स्थानीयको गुनासो छ।

सरोकारवाला सम्बन्धित निकायहरू एकजुट भई अव्यवस्थित तारहरूको उचित व्यवस्थापन गर्नका लागि भूमिगत तार जडान या अन्य उपयुक्त विकल्प खोज्नु पर्ने स्थानीयहरुको माग रहेको छ । 

यस्तै काठमाडौं महानगरपालिकाका सहायक प्रवक्ता महेश काफ्लेले नगरप्रमुख र उपप्रमुख लगायत अन्य निर्वाचित जनप्रतिनिधिहरूबीचको उचित समाधानका लागि छलफल भइरहेको बताए । उनले यस विषयमा सम्बन्धित सम्पूर्ण निकायहरूले सहकार्य गरेर काम गर्न सके मात्र तारको उचित व्यवस्थापन गर्न सकिने बताएका छन् । 

तस्बिर : सरोज नगरकोटी/अनलाइन सरोकार
तस्बिर : सरोज नगरकोटी/अनलाइन सरोकार

अव्यवस्थित रुपमा असरल्ल रहेका तारहरुलाइ दीर्घकालिक व्यवस्थापन गर्न नस्कदा विभिन्न समयमा दुर्घटना भई मानवीय एवम् भौतिक क्षति भइरहेको छ। अबका दिनमा पनि त्यस्ता घटनाहरू नघट्लान् भन्न कदापी सकिदैन । देशकै केन्द्रबिन्दु मानिने काठमाडौं महानगरको लागि यो समस्या नौला होईन । यसरी सडकमा अव्यवस्थित रुपमा असरल्ल रहेका तारहरुलाई व्यवस्थित गर्न सकेमात्र आम सर्वसाधारण सुरक्षित रहन सक्छन् ।

प्रकाशित मिति : २०७९, १७ श्रावण मंगलबार ००:००  ११ : ३९ बजे