काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले निष्पक्ष निर्वाचन गराउनका लागि वर्तमान सरकार विघटन गरेर स्वतन्त्र चुनावी सरकार बनाउन प्रस्ताव गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले सो प्रस्ताव गरेका हुन् । फेसबुकमा स्टाटस लेख्दै लिङदेनले निर्वाचन घोषणापछि संसद्लाई निरन्तरता दिन नहुने उल्लेख गरेका छन् । ‘बरु निर्वाचन स्वतन्त्र निष्पक्ष होस् भन्नका लागि सरकार समेत विघटन गरेर स्वतन्त्र चुनावी सरकार गठन गर्नु उपयुक्त हुन्छ’ उनी लेख्छन्, ‘यो गठबन्धन सरकारलाई जनता र प्रजातन्त्र माथि विश्वास छ भने त्यसतर्फ अघि बढे राम्रो ।’