धनकुटा । साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईले भेडेटारलाइ पर्यटन हब बनाउने योजना तयार परेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम स्थानीय जनसरोकारमा बोल्दै अध्यक्ष राईले सो कुरा बताएका हुन । उनले भने “साँगुरीगढी गाउँपालिका धेरै पर्यटन सम्भावना बोकेको ठाउँ हो । सम्भावनाहरूको खोजी, पहिचान र प्रबर्द्धन गरी यसलाई पर्यटनको हब बनाउने गरि नीति कार्यक्रम तयार गरेको छु उनले भने “सोही अनुरूप अब काम हुन्छ” । उनले ५ वर्षमा देशकै नमुना गाउपालिका बनाउने समेत बताए ।
राईले सडक, खानेपानी, फोहोरमैला व्यवस्थापन, स्वच्छ वातावरण र यहाँको समृद्धिका लागि स्थानीयहरूसँग निरन्तर साक्षात्कार र बहस र निष्कर्षलाई कार्यान्वयन गर्ने उनको पहिलो प्राथमिकता भएको बताए । गाउँपालिकाले कृषि तथा पर्यटनमा आधारित स्थानीय अर्थ व्यवस्था लाई आत्मनिर्भर बनाउँदै रोजगारी सिर्जना गर्ने, साँगुरीगढीका जनताको आय अभिवृद्धि, आत्मनिर्भरताको विकास गर्दै जाने समेत बताए ।