२०८१, १८ पुस बिहीबार | Thu Jan 2 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मिलेर काम गरौं, एकता गरेर अगाडि बढौं



काठमाडौँ ।  एमाले अध्यक्ष केपी ओलीले मालेका महासचिव सिपी मैनालीलाई पार्टी एकताको प्रस्ताव राखेका छन् । ०५४ सालमा पार्टी विभाजनपछि अलग्गै पार्टीको नेतृत्व गरिरहेका मैनालीलाई २५ वर्षपछि ओलीले औपचारिक रूपमै पार्टी एकताको प्रस्ताव राखेका हुन् ।

‘दुष्ट आशय नबोकेका साथीहरू ठूलै भाँडामा पकाएको ढिँडो खाऊँ न । सानो भाँडो के गुजुगुजु बसाल्नुपर्यो ? म आहवान गर्छु आउनुस्, सँगै मिलेर काम गरौं । प्रतिक्रियावादीले चुनौती दिइरहेका छन् ।

के ०५४ मा पार्टी विभाजनपछि मालेमा रहेका मैनाली ०५९ मा वामदेव गौतम, साहना प्रधान, अशोक राई, योगेश भट्टराई, घनश्याम भुसालसहितको ठूलो समूह एमालेसँग एकता गरेर फर्किएपछि पनि पार्टी पुनर्गठन गरेर मालेमै रहेका थिए। पार्टी एकताको पर्याप्त आधार रहेको भन्दै ओलीले साना विषय अगाडि सारेर पार्टी एकताजस्तो महत्त्वपूर्ण विषयलाई ओझेलमा पार्न नहुने बताए।

हामीचाहिँ उनीहरूको जस्तै चुनावी तालमेल मात्रै गर्ने हो र ?’ मंगलबार राजधानीमा भएको कार्यक्रममा ओलीले भने, ‘सिपीजी र म एउटै आन्दोलनबाट आएका, एकअर्कालाई बहुत राम्ररी चिन्दछौं । हाफप्यान्ट लाउँदैदेखि चिनेको, जुँगाको रेखी बस्दै गर्दादेखि चिनेको। हामी एउटै आन्दोलनबाट आएको, अलग बस्नुपर्ने कारणै छैन ।’

माले महासचिव मैनालीले गठबन्धनको बहुमत रोक्न ओलीको नेतृत्वमा गठबन्धनबाहिरको बेग्लै मोर्चा बनाउनुपर्ने बताए । ‘सबै देशभक्तले यो गठबन्धनलाई रोक्नुपर्छ। यो काम गर्ने हो भने ओलीले गम्भीरतापूर्वक सोच्नु जरुरी छ,’ उनले भने ।

नयाँ पत्रिकामा प्रकाशित समाचार  

प्रकाशित मिति : २०७९, १८ श्रावण बुधबार ००:००  १० : ३५ बजे