२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आइतबारबाट सार्वजनिक यातायात सञ्चालन हुने



काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आइतबारदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी गरेको छ । महासंघले तीन महिनाभन्दा बढीको लकडाउनले व्यवसायी आर्थिक सङ्कटमा परेको र सरकारले पनि राहत उपलब्ध नगराएको भन्दै आइतबादेखि यातायात सञ्चालन गर्ने तयारी गरेको हो ।

यातायात खुला गरेको तर सार्वजनिक सवारीलाई मात्र रोकेर व्यवसायी र मजदुरप्रति सरकार गम्भीर नभएको महासङ्घको आरोप छ । यातायात क्षेत्रमा आश्रित परिवार भोकै रहने अवस्था सिर्जना भएकाले यातायात सञ्चालन गर्ने निश्कर्षमा पुगेको महासंघका वरिष्ठ उपाध्यक्ष विजर स्वाँरले जानकारी दिए ।

यसअघि, उपत्यकाका ट्याक्सी व्यवसायीहरुले पनि बैंकको किस्ता तिर्न र दैनिक गुजारा चलाउन समेत समस्या भएको भन्दै प्रर्दशन गरेका थिए ।

प्रकाशित मिति : २०७७, २० असार शनिबार ००:००  ३ : ३२ बजे