२०८१, ८ मंसिर शनिबार | Sat Nov 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खुल्यो अभियान लघुवित्तको आईपीओ



काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाको बुधबार (साउन १८ गते) देखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला भएको छ । कम्पनीले ९ करोड ७५ लाख रुपैयाँ बराबरको आइपीओ जारी गरेको छ ।

यो आईपिओ प्रतिकित्ता १०० अंकित मूल्यका दरले ९ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गरिएको हो । योमध्ये ५ प्रतिशत अर्थात् ४८ हजार ७५० कित्ता सामुहिक लगानी कोष र ०.५ प्रतिशत अथवा १२ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

बाँकी ९ लाख १३ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ १ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २०७९, १८ श्रावण बुधबार ००:००  ११ : २४ बजे