२०८३, २८ बैशाख सोमबार | Tue May 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गैडहवा गाउँपालिका : तालाबन्दी खोल्न बैठक बस्दै 




रूपन्देही।  गैडहवा गाउँपालिकाको कार्यालयमा गरिएको तालाबन्दीबारे आज कार्यपालिका बैठक बस्ने भएको छ  ।  
गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौड्यालले अनलाइन  सरोकार सँग कुरा गर्दै भने “दुई साता देखी गरिएको तालाबन्दीबारे आज कार्यपालिका बैठक बस्दै छ आजै टुंगो लाग्छ”

जनप्रतिनिधिले नै बिभिन्न माग राखी गरेको सो तालाबन्दीका कारण झन्डै २ साता देखी पालिका कार्यालय सञ्चालनमा आएको छैन । 

नेपाली कांग्रेस, जनमत पार्टी तथा ६ जना वडा अध्यक्षसहित २८ जना जनप्रतिनिधिले ११ बुँदे माग पत्र राखेर गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका थिए। गाउँपालिकामा भ्रष्टाचार भएको, विकास निर्मार्णको काम अगाडि नबढाएको लगायतका माग राखेर सो तालाबन्दी गरिएको उनीहरूले जनाएका छन्।

प्रकाशित मिति : २०७९, १८ श्रावण बुधबार ००:००  ३ : २० बजे