२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा थप २३२ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । नेपालमा शनिबार थप २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा देशका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा उक्त संख्यामा संक्रमित थपिएको जानकारी दिनुभयो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ ।

डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा २७२ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ६४१५ पुगेको छ ।

मन्त्रालयका अनुसार नेपालमा हालसम्म ७७ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ भने कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३४ पुगेको छ ।

प्रकाशित मिति : २०७७, २० असार शनिबार ००:००  १० : ५९ बजे