२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचन मिति घोषणा गर्न मन्त्रिपरिषद बैठक बस्दै 



काठमाडौँ।  सरकारले आज निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ।

बिहीबार १ बजे सिंहदरबारमा बस्ने मन्त्रिपरिषदको नियमित बैठकले निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको एक मन्त्रीले संचारमाध्यममा जानकारी दिए।

 ‘आजको बैठक नियमितनै हो। त्यो बैठकको मुख्य एजेण्डा निर्वाचनको मिति घोषणा हो,’ ती मन्त्रीले भने, ‘मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन मिति घोषणा गर्ने सहमति गठबन्धनमा भएकाले त्यहीँ अनुसार निर्णय हुन्छ होला।’

बुधबार बसेको सत्ता गठबन्धनको बैठकले मंसिर ४ गते निर्वाचन गर्ने सहमति गरेको थियो। चुनावमा कसरी जाने भनेर छलफल गर्न सत्तारूढ गठबन्धनले भोलिका लागि बैठक बोलाएको छ।

प्रकाशित मिति : २०७९, १९ श्रावण बिहीबार ००:००  ११ : २९ बजे