२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ३४ पुग्यो



काठमाडौं । नेपालमा शनिबार थप २ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार कोरोनाबाट संक्रमित एकको गोरखा अस्पतालमा मृत्यु भएको हो । पालुङटार नगरपालिका ७ पुर्नेपिपलबाट शुक्रबार गोरखा अस्पतालको आइसोलेशनमा भर्ना हुन आएका संक्रमितको शनिबार बिहान साँढे पाँचबजे मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

कतारबाट गत मंगलबार पालुङ्टार आइपुगेका ४४ वर्षका उनी मधुमेह रोगका दीर्घरोगी रहेको जनाइएको छ । कोरोनाको जटिल लक्षण देखिएपछि उनलाई जीवनज्योति माविको क्वारेण्टाइनबाट ल्याई शुक्रबार राति १० बजे गोरखा अस्पतालको आइसोलेशनमा भर्ना गरिएकोमा उनको मृत्यु भएको हो ।

यसैगरी त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएका रुपन्देही देवदहका ७५ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ३४ पुगेको हो ।

प्रकाशित मिति : २०७७, २० असार शनिबार ००:००  ११ : ०५ बजे