२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चिनियाँ नागरिक अपहरण गरेको आरोपमा ६ नेपाली पक्राउ



काठमाडौँ।  एक जना चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा ६ जना नेपालीलाई पक्राउ गरिएको छ।

बुधबार राति चिनियाँलाई लैनचौरबाट अपहरण गरेर गोंगबुमा बन्धक बनाएर राखेको आरोपमा ६ नेपालीलाई पक्राउ गरिएको हो।

अपहरण गरी बन्धक बनाइएका चिनियाँको उद्दार गर्नुका साथै संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

तीन चिनियाँ नागरिकबाट ८ लाख रुपैयाँ र २७ थान मोबाइल समेत लुटिएको प्रहरीले दाबी गरेको छ। अपहरणमा परेका चिनियाँसँग एक करोड फिरौती समेत माग गरिएको बुझिएको प्रहरीले स्रोतले जनाएको छ।

पछि ५० लाख रुपैयाँमा अपहरण मुक्त गर्ने सहमति भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। अपहरणमा संलग्न भएका अन्य केही व्यक्ति फरार रहेका बताइएको छ। प्रहरीले उनीहरूको खोजी गरिरहेको छ।

प्रकाशित मिति : २०७९, १९ श्रावण बिहीबार ००:००  १ : ५५ बजे