काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले मंसिर ४ गते चुनाव घोषणा गरेकोमा स्वागत गरेका छन् ।
नेपालस्थित विदेशी सञ्चार माध्यम र परराष्ट्र मामिला हेर्ने पत्रकारहरुलाई सम्बोधन गर्दै चुनाव घोषणा हुनु स्वभाविक र नियमित प्रक्रिया भएको टिप्पणी गरेका छन् । ‘हामीले पनि चुनाव घोषणा हुनुपर्छ भनिरहेकै थियौं’ ओलीले भने । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन मिति तय गरेको छ ।