२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज देखि मतदाता नामावली संकलन बन्द



काठमाडौं। निर्वाचन आयोगले बिहीबार (आज) बेलुका ५ बजेदेखि मतदाता नामावली संकलन बन्द हुने जनाएको छ । सरकारले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउँदो ४ मंसिरमा गर्ने निर्णय गरेसँगै मतदाता नामावली संकलन बन्द हुने भएको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ४ मंसिरमा एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन गर्ने निर्णय गरेको छ । निर्वाचनको मिति घोषणा भएसँगै मतदाता नामावली बन्द गरिने छ । गत १ असारबाट सुरु गरिएको मतदाता नामावली बिहीबार बेलुका ५ बजेबाट बन्द हुन लागेको हो । यो अवधिमा करिब पाँच लाखभन्दा बढीले नामावली दर्ता गराएका छन् ।

आयोगले हाल देशभरका जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय आदि ठाउँबाट फोटोसहितको मतदाता नामावली संकलन गरिरहेको छ । चुनाव घोषणा गरेपछि मतदाता नामावली संकलन स्थगित गर्ने प्रचलन छ ।

प्रकाशित मिति : २०७९, १९ श्रावण बिहीबार ००:००  ४ : ३२ बजे