२०८१, १९ पुस शुक्रबार | Fri Jan 3 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लुम्बिनी प्रदेशद्वारा ट्राफिक कार्यालयलाई मोटरसाइकल सहयोग



बुटवल ।  ट्राफिक प्रहरी कार्यालयलाई लुम्बिनी प्रदेश सरकारले १६ थान मोटरसाइकल सहयोग गरेको छ । नागरिकको सहयोगका लागि ट्राफिक प्रहरीहरु खट्नुपर्ने भएकाले प्रदेश सरकारले सो सामग्री सहयोग गरेको जनाएको छ ।

ट्राफिक प्रहरी इलाका कार्यालय बुटवलमा बिहीबार आयोजित कार्यक्रममा आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माले १६ थान मोटरसाइकल ट्राफिक प्रहरीका प्रमुख नलप्रसाद उपाध्यायलाई हस्तान्तरण गरेका छन्  । सहयोग गरिएको सो मोटरसाइकल आवश्यकताअनुसार जिल्ला कार्यालयहरुलाई वितरण गर्ने प्रदेश ट्राफिक कार्यालयले जनाएको छ ।

मन्त्रालयले ४४ लाख ९४ हजार ४ सय मूल्यमा ती मोटरसाइकल खरिद गरी प्रहरीलाई प्रदान गरेको हो । मोटरसाइकल हस्तान्तरण कार्यक्रममा सञ्चारमन्त्री शर्माले प्रहरी जनताको साथी भएकाले जनताकै रेखदेखमा सहयोग पुग्ने आशासहित मोटरसाइकल सहयोग गरिएको बताए  ।

प्रकाशित मिति : २०७९, १९ श्रावण बिहीबार ००:००  ५ : ३७ बजे