नवलपरासी । पश्चिम नवलपरासीको महेशपुर भन्सार कार्यालयले वार्षिक लक्ष्य भन्दा कम राजश्व संकलन गरेको छ ।
०७८ साउन महिना देखि ०७९ असार सम्मको २२ करोड ३३ लाख ४५ हजार ४ सय ६८ रुपैयाँ राजश्व संकलन भएको छ । त्यस्तै १२ करोड ५१ लाख ७६ हजार ८ सय २८ रुपैयाँ मूल्य बराबरको भारतबाट ल्याउनु पर्ने आवश्यक मालसमान भन्सारमा आयात भएको छ । ४ करोड १६ लाख ९७ हजार ७ सय ६ रुपैया बराबरको कृषिका निमित्त आवश्यक पर्ने मल बिउ बिजनका सामाग्रीहरू वापतको राजश्व दाखिला भएको छ ।
१५ लाख २७ हजार रुपैयाँ दोसरो देशबाट आयात भएको भन्सार सेवा दस्तुर लागेको छ २ लाख ३६ हजार रुपैया अन्य प्रशासनिक सेवा दस्तुर रहेको भन्सार कार्यलयले जानकारी दिएको हो ।
जसमा जेठ महिनाको मात्र ७७ लाख ७७ हजार ३ सय ५२ रुपैयाँ भन्सार कार्यालयले राजश्व संकलन गरेको छ । १६ करोड ८६ लाख ३७ हजार ९ सय ३४ रुपैयाँ रहेको छ, त्यस्तै २८ लाख ८७ हजार ५ सय ६१ रुपैयाँ पैठारी अन्त शुल्क, ४ करोड ८० लाख ९४ हजार ७८ रुपैयाँ मूल्य अभिवृद्धिकर, ३८ लाख १० हजार ४ सय ९५ रुपैयाँ आय कर, ५४ करोड ४७ लाख ७५ हजार ३४ रुपैयाँ जम्मा कर शुल्क ,२२ करोड ३३ लाख ४५ हजार ४ सय ६८ रुपैयाँ दाखिला भएको भन्सार कार्यालयले जानकारी दिए ।
महेशपुर भन्सार कार्यालयको वार्षिक लक्ष्य ४५ करोड राजस्व संकलन गर्ने लक्ष्य रहेको थियो तर भारतबाट नेपालमा सामानहरू ल्याउनको लागि बैंकिङ कारोबार लागू भएपछि अहिले ब्यापारीहरूले कारोबार गर्न छोडेका छन । भन्सार कार्यालयको पर्खाल भित्र मालवाहक गाडीहरू पार्किङ गर्ने ब्यवस्था नरहेको र बाटोको पनि समस्या रहेकोले भारतीय मालवाहक गाडीहरू आउन जान छोडे पछि महेशपुर भन्सार कार्यालयमा राजश्व संकलन नभएपछि लक्ष्य अधुरो भएको सूचना अधिकारी श्री कृष्ण प्रसाद घिमिरेले जानकारी दिए ।