२०८१, ३० कार्तिक शुक्रबार | Fri Nov 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नबिल बैंकले कमायो ४ अर्ब ९७ करोड मुनाफा



काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ९७ करोड २७ लाख ५६ हजार रुपैयाँ खुद मुनाफा गरेको छ। बैंकले गत आवको चौथो त्रैमासिकमा मात्रै १ अर्ब ६२ करोड ७ लाख १३ हजार रुपैयाँ खुद मुनाफा गरेको हो।

यो सँगै बैंकको खुद मुनाफा झण्डै ५ अर्ब पुगेको हो। बैंकले अघिल्लो आवमा ४ अर्ब ५२ करोड ७५ लाख ५३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो।

नबिल बैंकले प्रकाशित गरेको वित्तीय विवरणअनुसार करअघिको नाफा ७ अर्ब १० करोड ४१ लाख ८१ हजार रुपैयाँ छ। त्यस्तै गत आवमा ११ अर्ब २३ करोड १८ लाख ४१ हजार रुपैयाँ खुद सञ्चालन आय गरेको बैंकले ७ अर्ब ९ करोड ६३ लाख ४२ हजार सञ्चालन नाफा निकालेको छ।

बैंकको कुल सञ्चालन आय भने ११ अर्ब ९३ करोड ५४ लाख १९ हजार रुपैयाँ छ। बैंकले ९ अर्ब ४३ करोड १९ लाख ८१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

बैंकमा निष्क्रिय कर्जा १।५४ प्रतिशत, सीडी रेसियो ८९।७९ प्रतिशत रहेको छ। बैंकको आधार दर ८।७७ रहेको छ भने स्प्रेडदर ४।२२ प्रतिशत रहेको बैंकले जनाएको छ। त्यस्तै बैंकको प्रतिसेयर आम्दानी २६।८० रुपैयाँ रहेको छ।

बैंकको कुल सम्पत्ति ४ खर्ब १६ अर्ब १७ करोड २ लाख ४१ हजार रुपैयाँ रहेको छ भने सञ्चित कोषमा २६ अर्ब ३७ करोड ९१ लाख ८६ हजार रुपैयाँ छ।

प्रकाशित मिति : २०७९, २० श्रावण शुक्रबार ००:००  १ : ०४ बजे