२०८१, ९ मंसिर आइतबार | Sun Nov 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश भेलालाई सम्बोधन गर्न  लामिछाने बुटवल पुग्ने 



बुटवल ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भोलि बुटवल आउँदैछन् । उनी पार्टीको लुम्बिनी प्रदेश भेलालाई सम्बोधन गर्न भोलि तिलोत्तमा ३, शान्तिचोकमा रहेको द दरबार लन होटलमा आउनेछन् ।

पार्टीको देशव्यापी संगठन विस्तार, भेला र सम्मेलनलाई सम्बोधन गर्न रवि लामिछानेसहितको पार्टी नेतृत्व पश्चिम नेपालको कार्यक्रम सकेर बुटवल आउन लागेका हुन् ।

भोलि आयोजना गरिने कार्यक्रमको लागी पर्चा, पम्पलेट, व्यानर तथा अन्य प्रचारप्रसारको सबै काम सकिएको नेतृ ज्वाला संग्रौलाले जानकारी दिईन । आजै लामिछाने रुपन्देहीको बुटवल आउने र भोली कार्यक्रम सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पश्चिमका सुदुरपश्चिम, कर्णाली प्रदेश लगायत विभिन्न जिल्लामा उत्साहजनक सहभागीतासहित पार्टीको कार्यक्रम सकिएपछि उनी लुम्बिनी आउन लागेका हुन् 

प्रकाशित मिति : २०७९, २० श्रावण शुक्रबार ००:००  २ : ०३ बजे