२०८१, ७ मंसिर शुक्रबार | Sat Nov 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्लस टु अध्ययन गर्ने विद्यार्थीहरूलाई रेसुङ्गा नगरपालिकाले मासिक ४ हजार दिने



गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले यस वर्षको एसईई परीक्षामा  ३.२ जिपीए भन्दा माथि अङ्क ल्याई उत्तीर्ण  भई प्लस- टु  पढ्न चाहने विद्यार्थीहरूलाई छात्रवृत्ति स्वरुप मासिक ४ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।

एसइई  पछि उच्च शिक्षाकालागि  जिल्ला बाहिर जाने विद्यार्थीको संख्या बढेको र त्यसैलाई कम गर्न नगरपालिकाले सो निर्णय गरेको   रेसुङ्गा नगरपालिकाका सूचना अधिकारीले अनलाइन सरोकारलाई बताए ।

उनले भने “यहाँका विद्यालय खाली भए  शिक्षाकालागि बसाइसराइ बढ्यो त्यसैले जिल्ला भित्रका विद्यालयलाई प्रवर्द्धन  गर्ने उद्देश्यले सो  निर्णय गरिएको हो” । 

प्रकाशित मिति : २०७९, २० श्रावण शुक्रबार ००:००  ५ : ०४ बजे