२०८२, ६ पुस आइतबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खिजीदेम्वालाइ कृषि र पर्यटनबाट समृद्ध बनाउने अध्यक्ष शेर्पाको लक्ष्य



ओखलढुङ्गा।  खिजीदेम्वा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले ५ वर्ष भित्र गाउँपालिकाका हरेक टोल र गाउँमा   १२ महिना साना ठूला गाडी चल्ने बाटो बनाउने बताएका छन् । उनले खिजीदेम्वा गाउँपालिकालाइ कृषि र पर्यटनबाट समृद्ध बनाउने लक्ष्य लिएको समेत बताए ।  

 प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम स्थानीय जनसरोकारमा  बोल्दै  अध्यक्ष   शेर्पाले  सो कुरा बताएका हुन । उनले आफूले नीति  कार्यक्रम तथा बजेटमा ९० प्रतिशत बाटोलाई  केन्द्रिक राखेर छुटाएको  बताए । उनले भने  “मैले मुख्य कृषि,  शिक्षा, स्वस्थ, पूर्वाधार, र पर्यटनलाई  मुख्य केन्द्रमा राखेर काम गर्ने योजना  बनाएको छु सोही अनुसार काम गर्नेछु  ।

 उनले गाउँपालिकाको परिवर्तन गर्न ठुलै काम गर्न नपर्ने, बजेटलाई सही तवरले बितरण गर्न सके मुहार फेर्न सकिने समेत बताए ।  शेर्पाले ३ वर्ष भित्र उपचारकाकालागि  राजधानी जाने समस्याको समेत  हाल गर्ने बताए ।

प्रकाशित मिति : २०७९, २२ श्रावण आइतबार ००:००  १२ : ३५ बजे