रुकुम l मुसीकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले मुसिकोटलाइ सुशासन र बिभेद रहित बिकासको बाटोमा लैजाने बताएका छन् l
प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम स्थानीय जनसरोकारमा बोल्दै मेयर केसीले सो कुरा बताएका हुन । उनले भने “मैले सहमति सहकार्य अनुसार अगाडि बढ्ने पहिलो एजेन्डा बोकेको छु जनतको जीवनस्तर उकास्न सुशासन र विभेद रहित बिकासको बाटो लाने लक्ष्य छ l
उनले विगतमा जस्तो बजेट वितरणमा राजनीतिकरण नभई साझा तरिकालेले वितरण भएको बताए l
नगरपालिकाले विगतमा १५ लाख बजेट छुटाएपनि आफू आइसकेपछि पर्त्यक वडामा विकास निर्माणका लागि १ करोड पठाएको उनले बताए l
युवाहरूलाई रोजगारीमा जोड्न बिभिन्न पहल भैरहेको र नगरले पनि बिभिन्न सीपमुलक तालिम आयोजना गरि स्वरोजगार बनाउन मद्दत गर्ने उनले बताए l
एक घर एक धारा, कृषि उत्पादन अनुसार पकेट क्षेत्र छुटाएको र अब उत्पादन बजार सम्म पुर्याउन कृषि एम्बुलेन्स ल्याउने समेत नगरको योजना रहेको उनले जानकारी दिए l