ओखलढुङ्गा l मोलुङ गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष कमल तामाङले समृद्ध वडा बनाउन आफू लागी परेको बताए l अनलाइन सरकारसँगको कुराकानीमा अध्यक्ष तामाङले जनताले आफूलाई अधुरा काम पुरा गर्न विजय बनाएको भन्दै सोही अनुसार गर्ने बताए l
उनले हालसम्म वडामा सामाजिक सुरक्षा भत्ता घर घरमा बितरण गरेको, वडा भित्रका सामुदायिक विद्यालयलाई प्राविधिक र विज्ञान विषय सञ्चालन गर्न पहल, बर्खामासमा समेत गाडी गुड्ने सडक लगायतको काम भएको बताए l
तामाङले सामान्य बिमारहुदा उपचारका निम्ति अन्यत्र जान नपर्ने, जेष्ठ नागरिकलाई निशुल्क औषधी र समय समयमा स्वास्थ शिविर आयोजना गरेको उल्लेख गरे l यता कृषि क्षेत्रमा वडामा रहेका बाख्रा पालन, सुँगुर पालन र कृषि खेतीमा अनुदान दिएको बताए l
हेर्नुहोस भिडियो ……………