२०८१, ७ मंसिर शुक्रबार | Sat Nov 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अस्पताल नपुगी बाटोमै सुत्केरी



ओखलढुंगा । ओखलढुंगाको सुनकोशी गाउँपालिका–१० की लालिमाया खत्री रापचाले बाटोमै बच्चा जन्माएकी छन् ।

आइतबार रातिदेखि सुत्केरी ब्यथाले च्यापेपछि बिहान सुनकोशी–९ को कटुञ्जे स्वास्थ्य चौकीको बर्थिाङ सेन्टरमा लैजादै गर्दा उनले बाटोमै बच्चा जन्माएकी हुन् ।

रापचालाई सामुदायिक महिला स्वास्थ्य स्वयम् सेवीका र स्थानिय महिलाहरुले प्रसुती गराउनको लागि सहयोग गरेका थिए । बच्चाको स्वाथ्य अवस्था सामान्य रहेपनि सुत्केरी भएकी रापचालाई रक्तश्रावको समस्या देखिएको सागर उपकारले जानकारी दिए । उनको कटुञ्जे स्वास्थ्य चौकीमा उपचार भईरहेको सागरको भनाई छ ।

यसैबिच कटुञ्जे स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा प्रसुतीका लागि कर्मचारी अभाव रहेको सुनकोशी–९ का वडा अध्यक्ष हितराज कार्कीले बताए । उक्त स्वास्थ्य चौकीमा कार्यरत दुईजना नर्सिङ स्टाफ कर्मचारी मध्ये मुना गिरी सुत्केरी विदामा र अस्मिता श्रेष्ठलाई पालिकाले मुलखर्कमा काज सरुवा गरेपछी प्रसुती गराउने कर्मचारी अभाव भएको वडा अध्यक्ष कार्कीको भनाई छ ।

पटक पटक पालिकामा नर्सिङ स्टाफ कर्मचारी व्यवस्थापनका लागि पहल गरिए पनि सुनुवाई नभएको अध्यक्ष कार्कीले बताएका छन् ।

प्रकाशित मिति : २०७९, २२ श्रावण आइतबार ००:००  ४ : २३ बजे