२०८२, २४ माघ शुक्रबार | Fri Feb 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

५५३ जना कोरोना संक्रमित थपिए



पछिल्लो २४ घण्टामा देशभर ५५३ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

कुल ३ हजार ७८९ जनाको नमुना परीक्षण हुँदा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पीसीआर विधिबाट भएको परीक्षणमा ४५१ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १०२ जनामा संक्रमण पुष्टि भएको छ।

सोही अवधिमा ४३३ जना निको भएको पनि मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । हाल देशभर सक्रिय संक्रमित ५ हजार ६५९ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : २०७९, २२ श्रावण आइतबार ००:००  ४ : ५० बजे