२०८२, १३ चैत्र शुक्रबार | Fri Mar 27 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंसिरको चुनावमा भाग लिन ११६ दल योग्य



काठमाडौँ।  मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा भाग लिन एक सय १६ वटा दल योग्य रहेका छन्।

साउन १९ गतेसम्म निर्वाचन आयोगमा दर्ता भएका दलहरूले मंसिरको चुनावमा भाग लिन योग्य हुन्छन्।

तर चुनावका लागि भने दल दर्ता गर्नुपर्ने हुन्छ। आयोगले साउन २२ गतेदेखि साउन ३१ गतेसम्म दल दर्ता गर्न समय दिएको छ।

आइतबार पहिलो दिन जम्मा ६ दलले दल दर्ता गरेका छन्। आयोगका अनुसार सिके राउत नेतृत्वको जनमत पार्टी पहिलो नम्बरमा दर्ता भएको छ।

मौलिक जरोकिलो पार्टी, नेपाल समावेशी पार्टी, हाम्रो नेपाली पार्टी, पुनर्जागरण पार्टी नेपाल र जनता प्रगतिशील पार्टी आयोगमा दर्ता भएका छन्।

सार्वजनिक बिदाका दिन पनि दल दर्ता कार्य गरिने आयोगले यसअघि नै सूचना निकालेर जानकारी गराएको थियो।

दल दर्ताका लागि चुनावमा भाग लिनेसम्बन्धी केन्द्रीय समितिको निर्णयलगायत कागजातहरू पेश गर्नुपर्ने हुन्छ।

प्रकाशित मिति : २०७९, २३ श्रावण सोमबार ००:००  ११ : २७ बजे