काठमाडौं । शेयर बजारमा आज (सोमबार) दोहोरो अंकको सुधार आएको छ । कारोबारको दोस्रो दिन सोमबार नेप्से १७.६७ अंकले घटेर २१०६.१६ विन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स ३.४१ अंकले घटेर ४०६.१४ विन्दुमा पुगेको छ ।
बजारमा दोहोरो अंकको करेक्सन आए पनि आइतबारको तुलनामा भने कारोबार रकम भने बढेको छ । आज दिन २१४ कम्पनीको ६५ लाख २७ हजार ४१४ कित्ता शेयर २ अर्ब ८५ करोड ७० लाख ७२ हजार ९६१ रुपैयाँमा कारोबार भयो । आइतबार २ अर्ब ६७ करोड बराबरको सेयर कारोबार भएको थियो ।
दोहोर अंकले ओरालो लागेको शेयर बजारमा मनु एन्ड एन्ड प्रो र म्युचुअल फन्डको सूचक क्रमश ०.१ र ०.२७ प्रतिशतले बढ्यो ।