२०८१, ११ बैशाख मंगलबार | Tue Apr 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मदन पुरस्कारका लागि उत्कृष्ट आठ पुस्तक सार्वजनिक



काठमाडौं । २०७८ सालको मदन पुरस्कारका लागि उत्कृष्ट आठ पुस्तक सार्वजनिक भएका छन् । मदन पुरस्कार गुठीको निर्णायक समितिले आज उत्कृष्ट आठ पुस्तक सार्वजनिक गरेको हो ।

गुठीका अनुसार डाक्टर नवराज लम्सालको अग्नि, डाक्टर दामोदर पुडासैनीको ग्रीष्मको नीलो बतास, बसन्त बस्नेतको महाभारा, दीपा मेवाहाङ राईको यादको सन्दुक, डाक्टर नयनाथ पौडेलको लिच्छवि लिपि सूचिमा परेका छन ।

त्यस्तै प्राध्यापक नीलमणि ढुंगानाको व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश, सुजित मैनालीको सती र पद्मसुन्दर जोशीको हिति प्रणाली उत्कृष्ट आठमा परेका छन् ।

गुठीले मदन पुरस्कार २०७८का लागि प्राप्त भएका २ सय ९९ पुस्तकमध्ये श्रेष्ठ आठ पुस्तकको सूची सार्वजनिक गरेको हो ।

छनोटमा परेका यी पुस्तकहरूमध्ये एक पुस्तकलाई मदन पुरस्कार प्रदान गरिनेछ । पुरस्कार चार लाख रुपैयाँ राशीको रहेको छ ।

नेपाल तथा नेपाल बाहिरबाट प्राप्त नेपाली भाषामा प्रकाशित पुस्तकहरूमध्ये एकलाई मदन पुरस्कार दिने गरिन्छ ।

गुठीले सोही कार्यक्रममा तथा नेपाली भाषा, वाङ्मय तथा संस्कृतिको श्रीवृद्धिमा योगदान गर्ने व्यक्तिरसंस्थालाई जगदम्बा–श्री पनि प्रदान गर्दै आएको छ । जगदम्बा–श्री पनि चार लाख रुपैयाँ राशीको रहेको छ ।

प्रकाशित मिति : २०७९, २३ श्रावण सोमबार ००:००  ५ : ०२ बजे