काठमाडौं। मनास्लु वल्ड कलेजले नेपाली राष्ट्रिय फुटसल टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतलाई कलेजको प्रशिक्षकमा नियुक्त गरेको छ ।
चाबहिल चुच्चेपाटीमा रहेको मनास्लु कलेजले प्रशिक्षक बस्नेतलाई आइतबार कलेजको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । प्रशिक्षक बस्नेतले साउन पहिलो सातादेखि टिप्टो फुटसल एकेडेमी सञ्चालनमा ल्याएका छन् ।
टिप्टो फुटसल एकेडेमीमा यू–४ देखि यू–१५ वर्षसम्मका बालबालिकाको लागि प्रशिक्षण हुनेछ । मनास्लु कलेजले स्थापना कालदेखि नै विभिन्न विधाका खेलाडीहरूलाई पूर्ण छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । यसैवर्षको शैक्षिक सत्रदेखि मनास्लुले फुटबल र फुटसलमा विशेष प्रशिक्षण तथा उत्कृष्ट टोली बनाउने लक्ष्य लिएको छ ।
मनास्लुले सम्पूर्ण युवा विद्यार्थी खेलाडीको विकासको लागि कलेजले विशेष कार्यक्रम गर्दै आइरहेको कलेजका प्रिन्सिपल राजन श्रेष्ठले बताए । मनास्लुले यसै शैक्षिक वर्ष देखि खेलकुद विज्ञान विषयको अध्यापन शुरु गर्ने कलेज प्रशासनले जनाएको छ । मनास्लुले यसअघि राष्ट्रिय टोलीका पुर्व कप्तान सागर थापालाई ब्रान्ड एम्बासडरलाई नियुक्त गरेको छ । नेपाली यू–१६ टोलीको कप्तानी गरेका जान लिम्बुलाई प्लस टु अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गरिसकेको छ । यस्तै मनास्लुले १३ औं सागका दोहोरो स्वर्णधारी मन्देकाजी श्रेष्ठले पारा तेक्वान्दो खेलाडी तथा ओलम्पियन पुलेसा गोबद्र्धन श्रेष्ठलाई पनि सम्मान गरिसकेको छ ।