ओखलढुंगा । कांग्रेस केन्द्रिय सदस्य तथा संविधानसभा सदस्य रामहरी खतिवडाले पुन्यमाता माध्यमिक विद्यालयलाई एक थान ल्यापटप प्रदान गरेका छन् ।
नेता खतिवडाले जिल्लाको सिद्धिचरण नगरपालिका – १० बेतिनीको पुन्यमाता माविलाई आफुले प्रतिवद्धता गरेअनुसार ल्यापटप दिएका हुन् ।
विद्यालयको हिरक महोत्सव – २०७८ मा उनले आफ्नो मन्तव्यको क्रममा विद्यालयलाई एउटा ल्यापटप दिने प्रतिवद्धता गरेका थिए ।
आफुले गरेको प्रतिवद्धता पुरा गर्दै विद्यालयलाई डिल कम्पनीको एक थान ल्यापटप र आवस्यक सामाग्री सहयोग गरेको नेता खतिवडाले भिजनलाई बताए ।
विद्यालयलको आवस्यक्ता बुझेर ल्यापटप सहयोग गरेको भन्दै विद्यालयका प्रधानध्यापक वेलास प्रसाद धमलाले नेता खतिवडालाई धन्यवाद् दिएका छन् । प्राप्त सामाग्रीको सहि सदुपयोग गरेर विद्यालयको शक्षिक गुणस्तर वृद्धिमा प्रयोग गर्ने उनले प्रतिवद्धता जनाएका छन् ।