२०८२, २४ माघ शुक्रबार | Fri Feb 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यातायात कार्यालय ओखलढुंगाद्धारा एक बर्षमा एक करोड ८७ लाख राजश्व संकलन



ओखलढुंगा । यातायात व्यवस्था कार्यालय ओखलढुंगा रुम्जाटारले १ करोड ८७ लाख भन्दा बढी राजश्व संकलन गरेको छ ।

आर्थिक वर्ष २०७८र०७९ मा कार्यालयले कुल एक करोड ८७ लाख ३७ हजार सात सय ५७ रुपैयाँ राजश्व संकलन गरेको हो । सबै भन्दा बढी सवारी साधन कर एक करोड ६७ लाख ३६ हजार चार सय ७७ रुपैयाँ राजश्व संकलन गरिएको निमित्त कार्यालय प्रमुख बद्रि घिमिरेले बताए ।

यसका साथै चालक अनुमति पत्र, सवारी दर्ता किताब सम्बन्धी दस्तुर वापत १७ लाख ७१ हजार एक सय ९० राजश्व उठेको निमित्त कार्यालय प्रमुख घिमिरेको भनाई छ । यातायात क्षेत्रको एक लाख ९२ हजार तीन सय ९० र व्यवसाय रजिष्ट्रेशन दस्तुर ३७ हजार सात सय राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।

ओखलढुंगा रुम्जाटारमा रहेको यातायात व्यवस्था कार्यालयले हाल चालक अनुमती पत्र, सवारी दर्ता किताब नविकरण, रुट परमिट जारी, सवारी दर्ता पास लगायतका काम गरिरहेको छ । कार्यालयबाट अहिले सम्म नयाँ सवारी चालक अनुमती पत्र जारी हुन सकेको छैन ।

ट्रायल सेन्टर तथा अन्य तयारी भईरहेकाले चाढै सवारी चालक अनुमती पत्र वितरणको कार्य सुरु गरिने निमित्त कार्यालय प्रमुख घिमिरेले जानकारी दिए । ओखलढुंगा, सोलुखुम्बु र खोटाङ जिल्लाका सेवा ग्राहीहरु यस कार्यालयबाट लाभान्वीत भएका छन् ।

करिब दुई वर्ष अघि तीन जिल्लालाई लक्षित गरेर रुम्जाटारमा यातायात व्यवस्था कार्यालय स्थापना भएको थियो ।

प्रकाशित मिति : २०७९, २४ श्रावण मंगलबार ००:००  १० : ५१ बजे