२०८२, १ असार आइतबार | Sun Jun 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यातायात कार्यालय ओखलढुंगाद्धारा एक बर्षमा एक करोड ८७ लाख राजश्व संकलन



ओखलढुंगा । यातायात व्यवस्था कार्यालय ओखलढुंगा रुम्जाटारले १ करोड ८७ लाख भन्दा बढी राजश्व संकलन गरेको छ ।

आर्थिक वर्ष २०७८र०७९ मा कार्यालयले कुल एक करोड ८७ लाख ३७ हजार सात सय ५७ रुपैयाँ राजश्व संकलन गरेको हो । सबै भन्दा बढी सवारी साधन कर एक करोड ६७ लाख ३६ हजार चार सय ७७ रुपैयाँ राजश्व संकलन गरिएको निमित्त कार्यालय प्रमुख बद्रि घिमिरेले बताए ।

यसका साथै चालक अनुमति पत्र, सवारी दर्ता किताब सम्बन्धी दस्तुर वापत १७ लाख ७१ हजार एक सय ९० राजश्व उठेको निमित्त कार्यालय प्रमुख घिमिरेको भनाई छ । यातायात क्षेत्रको एक लाख ९२ हजार तीन सय ९० र व्यवसाय रजिष्ट्रेशन दस्तुर ३७ हजार सात सय राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।

ओखलढुंगा रुम्जाटारमा रहेको यातायात व्यवस्था कार्यालयले हाल चालक अनुमती पत्र, सवारी दर्ता किताब नविकरण, रुट परमिट जारी, सवारी दर्ता पास लगायतका काम गरिरहेको छ । कार्यालयबाट अहिले सम्म नयाँ सवारी चालक अनुमती पत्र जारी हुन सकेको छैन ।

ट्रायल सेन्टर तथा अन्य तयारी भईरहेकाले चाढै सवारी चालक अनुमती पत्र वितरणको कार्य सुरु गरिने निमित्त कार्यालय प्रमुख घिमिरेले जानकारी दिए । ओखलढुंगा, सोलुखुम्बु र खोटाङ जिल्लाका सेवा ग्राहीहरु यस कार्यालयबाट लाभान्वीत भएका छन् ।

करिब दुई वर्ष अघि तीन जिल्लालाई लक्षित गरेर रुम्जाटारमा यातायात व्यवस्था कार्यालय स्थापना भएको थियो ।

प्रकाशित मिति : २०७९, २४ श्रावण मंगलबार ००:००  १० : ५१ बजे