२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पीसीआर परीक्षण बढाउन आयोगको आग्रह



काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कोरोना प्रभावित स्थानलाई पहिचान गरी पीसीआर परीक्षणको दायरा बढाउन सरकारसँग आग्रह गरेको छ । आयोगले आइतबार विज्ञप्ति जारी गर्दै घनाबस्ती भएका काठमाडौंजस्ता स्थानमा समुदायमा कोरोना संक्रमण फैलिए स्थिति भयावह हुन सक्नेतर्फ बेलैमा ध्यान पुर्‍याउन र रोकथामका लागि पीसीआर परीक्षणलाई तीव्रता दिन आयोगले सरकारसँग आग्रह गरेको हो ।

आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा नागरिकको स्वास्थ्यसम्बन्धी हक सुनिश्चित गर्न सरकारलाई आग्रह गरिएको छ ।

आयोगले उपत्यकाका ढलहरूमा समेत कोरोनाको भाइरस भेटिएको खबर सार्वजनिक भएकाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै कोभिड–१९ को संक्रमण पछिल्लो समय नेपालमा पनि उच्चस्तरमा फैलँदै गइरहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रकाशित मिति : २०७७, २१ असार आइतबार ००:००  १० : ३१ बजे