२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा थप २९३ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । नेपालमा आइतबार थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा उक्त संख्यामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ३० जना संक्रमित थपिएका छन् । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंका २७ जना, भक्तपुरका १ र ललितपुरका २ जना गरी जम्मा ३० जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए । पछिल्लो समय उपत्यकामा कोरोना संक्रमण दर दिनप्रतिदिन बढ्दै गएको छ ।

यस्तै आइतबार थप १३२ जना कोरोना संक्रमणमुक्त भएको उनले जानकारी दिए । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको उनको भनाई छ । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ६ हजार ५४७ पुगेको छ ।

मन्त्रालयका अनुसार नेपालका ७७ वटै जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । हाल सम्म कोरोनाका कारण ३४ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७७, २१ असार आइतबार ००:००  १० : ४० बजे