काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ । सोमबारको तुलनामा सुन तोलामा ६०० रुपैयाँले बढेर कारोबार भएको छ । चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ बढेर कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । सोमबार ९६ हजार ३०० रुपैैयाँमा कारोबार भएको थियो ।
आज चाँदी प्रतितोला एक हजार २४० रुपैयाँमा कारोबार भएको छ । सोमबार तोलाको एक हजार २०५ रुपैयाँमा कारोबार भएको थियो ।